सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको यस भजनी नगरपालिकाको पूर्वमा टिकापुर नगरपालिका र जोशीपुर गा.पा., पश्चिममा कैलारी गा.पा., उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा. र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यको तिकुनियाँ , बेलरायाँ रहेका छन् । नेपाल सरकारले साबिक भजनी त्रिशक्ति नगरपालिका र थापापुर गा.बि.स. समाबेश गरि मिति २०७३-११-२७ मा घोषणा भएको यस भजनी नगरपालिकाको केन्द्र साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय रहेको छ | ९ वटा वडामा विभाजित यस नगरपालिकाको कुल क्षेत्रफल १७६.२५ वर्ग कि.मि. र जनसंख्या ५१८४५ ( महिला २६१२९ , पुरुष २५७१६ ) रहेको छ |
दक्षिणमा रहेको मोहना नदी, नगरपालिकाको बिचबाट बग्ने कान्द्रा , काँढा नदी र पुर्व तिरबाट बग्ने पथरैया नदी नै यस नगरपालिकाका दु:ख र संभावनाहरु हुन् | विश्वमा नै लोपोन्मुख जलचर प्राणी डल्फिन यस नगरपालिकाको वडा नं. ३ र ८ को दक्षिणी भागमा रहेको मोहना नदीमा दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न सकिने देखिन्छ, त्यस्तै नगरपालिका क्षेत्रभित्र रहेका तालतलैया बिशेष गरी वडा नं.४ बिजुलियामा लौकहभौकाहा ताललाई समेत पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न सकिने सम्भावना रहेको छ | कैलाली जिल्लाकै सबै भन्दा बढी बाढीको डुबान, कटान, पटानीबाट बर्षेनी सयै बिगाहा खेतिबाली नोक्शान भई खाद्यान्न अभाव हुने र बस्तीहरु नै जोखिममा रहेका छन् |
श्री लक्ष्मी सनराईज बैंक लि.भजनी शाखाको सहयोगमा नगरपालिका कार्यालयपरिसरमा वृक्षारोपण गरिदै (२०८२-०२-२३)।
नगर प्रमुख श्री केवल चौधरी र प्रमुख प्रशासकीय अधिकृत श्री नीलमकुमार न्यौपाने विश्वकर्मा पुजा गर्नुहुदै ।
नगरसभा संचालनमा खटिएका कर्मचारीहरुको फोटो ।
१५ औं नगर सभा अधिवेशनको फोटो ।
कर्मचारीहरुको ग्रुप फोटो ।
भजनी नगरपालिका सातौं नगरसभा अधिबेशन २०७७ असार १० गते सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टज्यूद्वारा उदघाटन समारोहका केहि झलकहरु......
भजनी नगरपालिकाको सातौं नगर सभा अधिवेशन समुद्घाटन गर्नु हुदै सु.प.प्रदेश सरकार माननीय मुख्यमन्त्री त्रिलोचन भट्टज्यू ।
भजनी नगरपालिकाको छैठौं नगर सभा अधिवेशन समुद्घाटन गर्नु हुदै सु.प.प्रदेश सरकार भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री विनिता देवी चौधरीज्यू - २०७६।१०।०७ ।
भजनी नगरपालिकामा लाेक सेवा आयाेगबाट सिफारिस भई आएका नवनियुक्त कर्मचारीहरुलाई स्वागत पछि सामुहिक फाेटाे ।
भजनी न.पा.वडा नं.२ काँढा नदीमा झेालुंगे पुलकाे नगर प्रमुख शेर बहादुर चाैधरीज्युकाे समुद्घाटन पछि सुचारू ।